
झापा, विर्तामोडस्थित एक्सेल विकास बैंकबाट आज दिउँसो निकालेको रु साढे तीन लाख केहीबेरमै चोरी भएको छ ।
विर्तामोडमा किराना पसल सञ्चालन गर्दै आउनुभएकी सङ्गीता चिमोरियाले बैंकबाट रकम निकालेर पसलमा पु¥याएलगत्तै चोरी भएको प्रहरीले जनाएको छ । सो बैंकबाट पैसा निकालेर पसल पुगेकी चिमोरिया टेबुलमा पैसाको झोला छाडेर कपडामा लागेको फोहोर पखाल्न जाँदा रकम चोरी भएको इप्रका विर्तामोडले जनाएको छ ।
चोरी भएको रकमको खोजीका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस