४ चैत्र २०७२, बिहीबार

काठमाडौँ, नेपाली काँग्रेसको १३ औँ महाविधेशनबाट गठित नयाँ कार्यसमितिको पहिलो बैठक शुक्रबार बस्ने भएको छ ।

 

पार्टीका मुख्य सचिव ऋषिकेश तिवारीले शुक्रबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी। स्मृति भवन ललितपुरमा बैठक बस्ने तय भएको जानकारी दिनुभयो । महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई केन्द्रीय निर्वाचन समितिले निर्वाचित भएको प्रमणपत्र वितरण गरेको दुईदिनपछि बैठक बस्न लागेको हो ।
प्रमाणपत्र वितरण कार्यक्रममा पार्टीका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले छजनालाई केन्द्रीय सदस्यका रुपमा मनोनयन गरेको घोषणा गर्नुभएको थियो । बैठकले उनीहरुको मनोनयनलाई अनुमोदन गर्ने बताइएको छ ।
काँग्रेस विधानअनुसार महाधिवेशनले पदाधिकारीसहित ६४ जनालाई निर्वाचित गरेको छ । महाविधेशनबाट सभापतिमा देउवासहित महामन्त्रीमा डा शशाङ्क कोइराला, कोषाध्यक्षमा सितादेवी यादवसहित ६१ जना केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ । रासस

 

LIVE TV