४ चैत्र २०७२, बिहीबार

काठमाडौँ-    कुरा गर्नेले काम गर्दैन र काम गर्ने धेरै कुरा गर्दैनन् भन्ने नेपाली उखान नयाँ होईन । तर कुरा पनि निकै कम गर्ने अनि कामको नाममा सिन्को पनि नभाँच्ने उखान सुन्दा पक्कै अचम्म लाग्न सक्छ । यो उखान निर्माण गरेको हो दक्षिण एसियाली क्षत्रीय सहयोग संगठन सार्कले । त्यो पनि विल्कुलै आफ्नै अनुभववाट । स्थापनाको तीन दशक पूरा गरिसक्दा पनि सार्कले अझै आफ्नो औचित्य पुष्टि गर्न सकेको छैन ।

सार्कका विदेश सहसचिवस्तर माथिका बैठकहरु आयोजना गर्नमात्र कम्ति पापड बेल्नु पर्दैन् । बैठकको आयोजना हुन मात्र यस्तो सास्ती अनुभव गर्ने सार्कले बैठकले तय गरेका एजेन्डाहरु कार्यान्वयन गर्न सक्ला भनेर कल्पना गर्नपनि बेकार हुन्छ । तीस बर्षको बीचमा सार्कले जम्मा १८ ओटा शिखर सम्मेलन गरेको छ । १९ औं शिखर सम्मेलन आउन केही समय वाँकी रहेपनि पहिले गरेका घोषणा, समझदारी र सहमतिलाई कार्यान्वयन गर्ने सन्दर्भमा कत्तिपनि सवेंदनशील भएको पाईँदैन ।

यतिखेर नेपालको पोखरामा सार्कको मिनि सम्मलेन भनिने विदेश मन्त्रीस्तरीय सम्मेलन चलिरहेको छ । यसअघि नै विदेश सहसचिव र विदेश सचिवस्तरका बैठकहरुले विदेश मन्त्रीस्तरीय बैठककोलागि एजेन्डा तय गरिसकेको छ । तर पनि सार्कको कार्यान्यवन क्षमताको विगतको अनुभवले यस पटक सहमति गरेका विषयहरुपनि कार्यान्वयन हुनेमा आशंका यथावत छ ।

सार्क मामिलाका जानकारहरुका अनुसार विश्वमै यति कमजोर क्षत्रीय संगठन अरु कुनै छैन । अधिकतम सफल भनेर युरोपेली युनियनलाई मानिए पनि आशियान संगठन, अफ्रिकन युनियन, खाडी मुलकुहरुको गल्फ संगठन, अमेरिकन मुलुकहरुको संगठन लगायतका संगठनहरु त्यति नै सफल मानिएका छन् पछिल्लो दुई दशक । तर जन्मिदै जटिल प्रसव वेदनाले जन्म लिएको सार्क हुर्किन, बढ्न र परिस्कृत हुन उत्तिकै जटिल अवस्थाको सामना गरिरहेको छ ।

सार्कको सवैभन्दा ठूलो शत्रु गरिवी हो । आतंकवाद, उर्जा संकट, व्यापार, जलवायु परिवर्तन, आप्रवाशी समस्या लगायतका मुद्याहरुपनि कम्ति पेचिला छैनन् यस क्षेत्रमा ।  यस्तो अवस्थामा पोखरामा भएको  मिनी सार्कले पनि कर्मकाण्डी तवरले एक थान घोषणा पत्र तयार पारेको छ । तर व्यावहारिक रुपमै कार्यान्वयनको गति अनुभव दिलाउँन नसकेसम्म सार्कका कागजी आश्वासन स्वीकार गर्न कोही तयार हुने छैन ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV