४ चैत्र २०७२, बिहीबार

काठमाडौँ,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा धनुषा हंसपुर कठकुल्ला गाविसका सचिव निरसन साहलाई आज थलोबाटै पक्राउ गरेको छ ।

Vdc
आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार गाविस सचिव साहले सेवाग्राहीको जग्गा नामसारी गर्ने प्रयोजनार्थ सिफारिस गरिदिँदा कानुनबमोजिम नगरी रु पाँच हजार घुस मागेको सूचनाका आधारमा आयोगको सम्पर्क कार्यालय बर्दिवासको टोलीले पक्राउ गरेको हो । सचिव साहलाई जिल्ला मालपोत कार्यालय धनुषाको हाताबाट पक्राउ गरिएको आयोगले जनाएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV