
काठमाडौँ, साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्जमा ९२ करोडमाथिको शेयर कारोबार भएको छ । नेप्से परिसूचक पनि विहिबार १० दशमलव ७६ अंकले बढेर १हजार ३ सय २६दशमलव५३ अंकको नयाँ उचाईमा पुगेको हो ।
दिनभरिमा १ सय २३ वटा कम्पनिको १९ लाख ७० हजार ९ सय ५३ कित्ता शेयर ४ हजार ४३ पटक खरिदविक्रि हुँदा ९२ करोड ६२ लाख २६ हजार ४ सय ८८ रुपैँयाको कारोबार भएको छ । बीमा र बैंकिङ समुहको परिसुचक उकालो लागेसँगै समग्र नेप्से परिसुचक उकालो लागेको छ । विहीबार सवैभन्दा बढी बीमा समुहको परिसुचक १ सय ८१ अंकले बढेको छ । यसैगरी नेप्से परिसुचकमा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक ६ दशमलव २३ अंकले बढेको छ ।
विहीबार नेशनल हाइड्रो, ग्लोवल आईएमईको प्रमोटर सेयर, नेपाल बैंक तथा नेपाल बैंगलादेश बैंकको सेयर कारोवार बढी भएको छ । विहिबार होटलबाहेक सबै समूह उकालो लागेको छन् । होटल समूह ५ दशमलव ६१ अंकले घटेको छ । सबैभन्दा धेरै वीमा समूहको शेयर १सय ८१ दशमलव ०२ अंकले उकालो लागेको छ । त्यस्तै, जलविद्युत्, वाणिज्य बैँक, फाइनान्स, विकास बैँक र अन्य समूह क्रमशः २१ दशमलव ९२, ६ दशमलव २३, ५ दशमलव ४६, २ दशमलव ६९ र २ दशमलव ३५ अंकले बढेका छन् ।