
काठमाडौँ, रसुवाको धुन्चेदेखी राहत सामाग्री ओसार्दै आएको फिस्टेलको हेलिकप्टर आज दिउँसो लाङटाङमा दुर्घटनामा परेको छ ।
फिस्टेल एयरका अपरेसन प्रमुख रमेश सिवाकोटीका अनुसार सो घटनामा मानवीय क्षति भएको छैन, तर हेलिकप्टर काम नलाग्ने भएको छ । सो हेलिकप्टर काम नलाग्ने भएको प्रारम्भीक जानकारी आएको सिवाकोटीले बताउनुभयो ।
दिउँसो सवा ३ बजे भएको दुर्घटनाबारे विस्तृत जानकारी आइनसकेको फिस्टेलले जनाएको छ । सो घटनापछि काठमाडौंबाट अर्को हेलिकप्टर उद्दारका लागि पठाइएको थियो ।
दुर्घटनामा परेको हेलिकप्टरमा स्विडेनका चालक थिए ।