४ चैत्र २०७२, बिहीबार

लिबियाको सीमाक्षेत्रमा ट्युनिसियाली सुरक्षाबल र आतङ्ककारीबीचको झडप पछिल्लो समयमा बढ्दै गएको समाचार छ ।

libya_47383
यस झडपमा परी गत हप्तामात्र पनि १० जनाभन्दा बढी संदिग्ध आतङ्ककारीको मृत्यु भएको थियो । झडप बुधबार रातिदेखि पुनःसुरु भएको बताइएको छ ।

बन्दुकधारीको एक समूहले लिबियाको सीमाक्षेत्रनजिकै रहेको सैनिक व्यारेक आक्रमण गरेपछि सो झडप भएको हो । सोही सैनिक पोष्टमा गतहप्ता भएको आक्रमणमा परी १० जना आतङ्ककारी मारिएका बताइएको थियो ।

सो आक्रमणमा परी कैयौं व्यक्ति घाइते भएका जनाइएको छ । तर यसको विस्तृत विवरण भने आएको छैन । ट्युनिसियाको राजधानीबाट ४५० किलोमिटर दक्षिणमा रहेको सो सहरमा अझै पनि झडप जारी रहेको प्रहरीको समाचारमा उल्लेख छ ।

यस उत्तर अफ्रिकी राष्ट्रमा गत वर्षदेखि थप हिंसा मच्चिएको छ । त्यहाँ पटकपटक आतङ्ककारी आक्रमण भइसकेको छ । लिबियाको सीमा क्षेत्रमा भएको यो आक्रमण यसै महिनाको दोस्रो पटकको हो । रासस÷एएफपी
 

LIVE TV