
बेइजिङ, चीनको उत्तरपश्चिमी क्षेत्रको एक कोइला खानीमा भएको दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १५ पुगेको समाचार छ ।
उक्त कोइला खानीमा यसअघि केही दिनमात्र अघि १२ व्यक्तिको मृत्यु भएको थियो । खानीमा थुनिएर रहेका थप तीन जनाको सव बिहीबार निकालिएको छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यमले बिहीबार दिएको जानकारीअनुसार सो क्षेत्रमा यसअघि पनि पटकपटक यस्तो दुर्घटना भएको थियो ।
चीनको उत्तरपश्चिमी प्रान्त जीलिनमा रहेको बैसान कोइला खानीमा भएको दुर्घटनामा परी त्यहाँ कार्यरत १५ जना कामदारको मृत्यु भएको चिनियाँ सरकारी समाचार समिति सिन्ह्वाले जनाएको छ ।
यस दुर्घटनामा परेका एक जनामात्र व्यक्तिको यसअघि उद्धार भएको बताइएको थियो । यस दुर्घटनाको कारण अनुसन्धानरत रहेको पनि बिहीबार प्राप्त समाचारमा जनाइएको छ ।
चीन कोइाला उत्पादनमा विश्वकै एक ठूलो देश हो । सन् २०१४ मा चीनमा भएको कोइला खानी दुर्घटनामा ९३१ व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ । रासस÷एएफपी