४ चैत्र २०७२, बिहीबार

-संझना पौडेल

मेरो फेसबुक भोकायो लौन दाना हाल्देउ फेसबुकको बारेमा टिप्पणी गर्नु भन्दा पहिले यसको थोरै जानकारि गराउन उचित ठाने । फेसबुकको आविष्कार मार्क जुकर्वर्गले फेबु्रअरी ४ ,२००४ मा गरेका थिए । जसमा फेसबुक लाइ नेपालीमा रुपान्तरण गर्दा अनुहार पुस्तिका भन्ने हुन्छ । आज प्राय जसो प्रत्येक नेपाली युवाको हात हातमा यो मुहार पुस्तिका छ । झनै यसले मानिसलाई धेरै फराकिलो गहिरो बनाइ दिएको छ कि यसको नसा लागेपछि मान्छेले भात खानै छाड्छ ।

अब कसरि भन्नुहुन्छ भने तल पढ्दै जानुहोस मेरो आफनै जीवन भोगाइ अनुभव र फेसबुकमा भेटिएका साथिहरुको बारेमा केलाएकि छु । सदाझैं मलाइ त्यो दिन फेसबुक चलाउन नपाउँदा कता कता के छुटेको के छुटेको जस्तो आभाष भैरहेको थियो । कारण त्यो दिन बत्तिपनि थिएन वाइफाइ चल्ने कुरै भएन मोबाइलमा ब्यालेन्स पनि सकिएको थियो अलि बिरामि पनि भएकोले पसल सम्म जान मन पनि लागेन मलाइ ।

लाग्यो त्यतिबेला साच्चै मेरो फेसबुक भोकाएको छ । सायद फेसबुक नपाएर म भोकाएको थिए या फेसबुक मेरो अनुपस्थिती मा भोकाएको थियो, त्यो भने कि उसलाइ कि मलाइ थाहा होला । मेरा मनमा एकाएक कुरा खेल्न थाले। मलाइ लाग्दैछ यतिबेला मेरो फेसबुक साच्चै भोकाएको छ । सुन्दा तपाइलाइ लाग्न सक्ला के फेसबुकले पनि मान्छेको जस्तै चिया, नास्ता, खाना, खाजा गर्छ कि फेसबुकलाइ पनि गाइ बस्तुको जस्तो घासपात दानापानि हाल्नुपर्छ किनकि फेसबुक त निर्जिव हो । त्यसलाइ चलाउने, खेलाउने, जिस्काउने ,मायागर्ने हामि सजिव हौं ।

मलाइ मात्र हैन यो कुरा तपाइलाइ पनि थाहा छ । फेसबुक आफै बोल्न सक्दैन,लेख्न सक्दैन, हिड्न सक्दैन । बिचराको न त हात छ न खुट्टा छ । नत चपाउँने दाँत छ नत बोल्नलाइ मुख छ । न त सुँघ्नलाइ नाक छ न सुन्नलाइ कान नै छ । बिचराको केहि छैन तर पनि उ हामि भन्दा निकै माथि छ । हाम्रो असल मित्र बनेको छ । हाम्रो हरेक गतिबिधिमा उसको सहभागिता अर्निवार्य छ । हामि सजिव प्राणी भएकै कारण हाम्रो आफ्नो जीवन एक्लै व्यतित गर्न सक्दैनौ ।

त्यतिकैमा दिदि पनि अफिसबाट आइपुग्नु भयो अनि बिरामि मान्छे नसुतेर किन टोलायर बसेको भन्नुभयो म दिदिको प्रश्नले लाचार भय । कारण म सँग कुनै जबाफ थिएन । फेरीम आनाकानि गर्दै दिदिलाइ केहि भन्न खोजेथ्थे । दिदिले बुझेर सोध्नुभयो,के भयो के भन्न खोज्दैछौ रु मैले फाट्टै भने दिदि मेरो फेसबुक भोकायो लौन दानापानि हाल्नुपर्यो मेरो कुराले दिदि अकमक्क पर्नुभयो । यो के भनेको भन्दा मैले भने हो दिदि हामिलाइ जसरि बिहान उठ्ने बितिकै चिया नास्ता चाहिन्छ, भोक लागेको बेलामा खानेकुरा चाहिन्छ त्यस्तै माछा मासु सागसब्जि इत्यादि खानेकुराको समिक्ष्रण बाटै हाम्रो शरिर स्वस्थ र तन्दुरुस्थ बन्दछ त्यसरिनै फेसबुकलाइ पनि जिवन्तता दिन बिबिध कुराहरुको आवश्यकता पर्दछ ।

आज ३ दिन भो म बिरामि भएदेखिको फेसबुकमा कुनै स्टाटस राख्न पाएको छैन । मेरा मनका अनेकौ बिचारहरु फुरेका छन्,त्यसै ओइलाउनु भन्दा उसको पेट भर्नु जाति हो । कुनै पनि मित्रहरुको स्टाटसमा कमेन्ट ठोक्न पाएको छैन् बरु म म्यासेज कसैलाइ गर्दिन तर मेरा मनमा जागेका केहि विचारको स्वादहरु मेरो आत्मिय मित्रहरुमाझ पस्कन चाहान्छु अनि त दिदिले रिचार्जनै ल्यायर हाल्दिनु भयो अ खुसि भए र भोकायको फेसबुकको पेट भर्न तर्फ लागे ।फेसबुक प्रति हामि यति आकर्षित भएका छौँ कि हामि फेसबुक बिना आफ्नो जीवन नै अधुरो रहेको मान्न थाल्छौ ।

नखाउ भने दिन भरिको सिकार खाउ भने कान्छा बाबुको अनुहार भनेजस्तो नचलाएनि सुख छैन चलाएपनि काम छैन भनेको जस्तो भैसक्यो फेसबुक । कहिलेकाहीँ आफु जति बिरामी भएपनी फेसबुक नखोली चित्तै बुझ्दैन ।अझ हामिमध्य कतिपयले त बिरामी हुनुभन्दा अगाडी नै बिरामी भएको खबर सार्वजनिक पनि गर्ने गर्छौं र पछाडि बिरामी हुन्छौं । करोडौँको संख्यामा प्रयोगकर्ताहरु रहेको फेसबुकका थुप्रै फाइदा छन ।

हुनत वभिन्न भौगोलिक अवस्थामा रहेको एउटा बन्द कोठा जस्तो परिधिमा रहेका मानिसहरुलाई खुल्ला र फराकिलो स्वतन्त्र चिन्तन विवेकका साथ आ आफ्नै मातृभाषामा “संचारको“ स्थापना गराउने काम गरेको छ फेसबुकले । यसले संञ्चारको साधनमध्ये सबैभन्दा चाडो सूचना दिने काम गरेको पाइन्छ ।

एक अर्काबीच सूचना,विचार,धारणाहरू,जानकारीहरू साटासाट गर्ने पक्रिया वा साझेदारी कायम गर्ने प्रक्रिया हो फेसबुक । फेसबुकमा लिखित, मौखिक, श्रब्यदृश्य वा साङ्केतिक अर्थहहरु रहेका हुन्छन । जस्को माम्यमबाट हामिले संचार गर्ने गरेका छौं । हामिले फेसबुक मार्फत सुनेर, लेखेर,देखेर,सहभागिता जनाउने गरेका छौं ।  हरेक विषयवस्तुलाई सन्देश वा जानकारीको रूपमा प्रकाशन वा प्रसारण गर्ने प्रक्रियालाई आमसंचार भन्दै आएको बेलामा फेसबुकले भने सामाजिक संजालको रुपमा आफनो संजाल संसारभर फैलाउन सफल भएको छ ।

यिनै विभिन्न यन्त्रहरुका माध्यम बाट थुप्रै सामाजिक संजालहरु आउन थालेका छन् र प्रयोग भइ रहेका छन् ।जसरी व्यक्ती व्यक्ती मिलेर समाजको संरचना निमार्ण भएको छ । जसमा अनेकौं थरिका मानिसहरु छन उनिहरुको आफआफनै जीवनशैली, भोगाइ र मनका भावहरु छन् त्यसरी नै पत्येक व्यक्तिको फेसबुक बाट समाजको पत्येक अंगमा ढाकेको भन्दा फरक नपर्ला । यस पृथ्वीको सृष्टि कालदेखिनै जैविक अजैविक वा भौतिक बस्तुहरुमा सकारात्मक र नकारात्मक चिज बोकेर आएको देखिन्छ । त्यसैले हाम्रो गाउँघर समाजमा एउटा टुक्का प्रचलनमा आएको हुनु पर्छ “जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँडू यहि वाक्यमा निर्भर हुँदै आएको देखिन्छ यो फेसबुकमा ।

कयौँ लुटिन्छन यहाँ, केहि छुटिन्छन यहाँ।गलेका टुटेका, छुटेका भेटिन्छन् यहाँ। बुझक्की जस्तै बन्यो भने, लागेका दाग मेटिन्छ्न यहाँ।कोहि तिर्खाएको हुन्छ कोहि भोकाएको ,अनेक थरी थकान मेटिन्छ यहाँ ।कोहि रुनेहरु कोहि हाँस्नेहरु,अनेक थरि देखिन्छन यहाँ ,कोहि माफ माग्ने कोहि माफदिने,मन भित्रका अन्तर दोष भावहरु मेटिन्छन् यहाँ,कोहि बाठो,बुझ्ने हुन्छन् , सूचना,विचार,धारणाहरू पोखिन्छ यहाँ।

कोहि जिस्काउँछन कोहि थर्काउछन, अनेक तरिकाको बात हुन्छ यहाँ।साच्चै पत्तो नपाएरै होला, चलाउदा चलाउदै रात हुन्छ यहाँ ति पिउने भट्टी हरु भुलेका छन् कोहि पढ्दै लेख्दै फुर्दै स्टाटसमा खुलेका छन् कोहि सिकारी बनि पत्येकका मन मस्तिष्कमा डुलेका छन् ।

यसै गरि चलेका छन् नेपाली बजारमा फेसबुक यहाँ( राजनीतिज्ञ देखि ब्यापारी सम्म, कला देखि साहित्य सम्म( साधारण सरल सोंच देखि जीवन यापन सम्म (दलाल देखि भ्रष्टाचारी सम्म सज्जनदेखि अपराधी सम्म यो फेसबुकको फाइदा र बेफाइदा गहिरिएर हेर्दा कति अनन्त छ ।

 

नोटस्यहाँ लेखिका पौडेलले दानापानि भनेर फेसबुकमा हामिले राख्ने स्टाटस,फोटो,कमेन्ट,लाइक तथा  कुराकानि जस्ता बिषयबस्तुलार्इ भन्न खोजेकि हुन् ।

nani

-संझना पौडेल

LIVE TV