४ चैत्र २०७२, बिहीबार

धनुषा-जिल्लाविकास समिति धनुषाको आर्थिक वर्ष २०७२÷७३ को दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम औपचारिकतामा सिमित भएको छ । सुनुवाई बन्द कोठामा गरिदां औचपारिकतामा सिमित हुनपुगेको जिल्ला विकास समितिसंग सरोकार राख्ने सम्बन्धित पक्षहरुले गुनासो गरेका छन् ।

cbt-hetauda-11-800x533

विगतमा संधै बन्द कोठा भित्र हुने गरेको जनगुनासोका बीच जिविस धनुषाले यस पटकको दोस्रो सार्वजनिक सुनुवाईलाई निरन्तरता दिएको छ । धनुषाका स्थानिय विकास अधिकारी रामकृष्ण उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न सुनुवाई कार्यक्रममा विभिन्न विषयगत कार्यालयका अधिकांश प्रमुखहरु सहभागि भएनन् । स्थानीय  निकाय सार्वजनिक सुनुवाई कार्यविधि २०६७ अनुरुप व्यवहारमा जिविसबाट कार्य नभएको र औपचारिकतामा मात्र समित गर्न खोजेको जनगुनासाहरु रहँदै आएको छ ।

कार्यक्रममा जिल्लाका क्रियाशील उपभोक्ता समिति, गैरसरकारी संस्थाका प्रतिनिधि, सामाजिक अगुवा, राजनीतिक प्रतिनिधि, नागरिक सचेतना केन्द्रका प्रतिनिधि, महिला, आदिवासी, जनजाति, अपांग, दलित, ज्येष्ठ नागरिक, पिछडावर्ग लगायत सरोकारवाला सवै उपस्थितिको गराउनु पर्ने हुन्छ । तर यसलाई वेवास्ता गरी धनुषाका सुनुवाई कार्यक्रम सम्पन्न भएको जिविस धनुषा राजनीति सर्वदलियसंयन्त्रका संयोजकप्रमोद यादवले बताउनुभयो ।

सार्वजनिक सुनुवाईमा धनुषाका प्रमुखजिल्ला अधिकारी दिलीक चापागाईं, जिल्ला कृषिविकास कार्यालय, जिल्लापशु कार्यालय, जिल्ला वनक ार्यालय, जिल्ला प्राविधिक कार्यालय, जिल्लाशहरी विकास तथा भवनकार्यालय, नगरपालिका, बनस्पति लगायतका कार्यलय प्रमुखहरु समेत उपस्थिति नहुँदा औपचारिकतामा सिमित हुन पुगेको सेवाग्राहीको गुनासो छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV