४ चैत्र २०७२, बिहीबार

घोराही – फोहोर व्यवस्थापन अहिले नेपालका हरेक नगरपालिकाहरुको प्रमुख चुनौति बन्दै आएको छ । हरेक वर्ष मुलुकको उत्कृष्ट तीन नगरपालिका भित्र पर्न सफल दाङको घोराही नगरपालिकाले भने नगरको प्रमुुख चुनौति फोहर व्यवस्थापनमा नमूना योग्य सफलता पाएको छ । फोहोर व्यवस्थापनका लागि वार्षिक करोडौं खर्च भैरहेको तथ्यलाई ध्यानमा राखी नगरपालिकाले नगरवासीसाग हातेमालो गर्दै मोहोर बचाउँने कार्यको थालनी गरेको छ ।

dang

एक करोड २२ लाख लगानीमा घोराहीको करौती डाडामा फोहोर व्यस्थापनको संरचना बनाएको घोराही नगरपालिका अहिले फोहोरलाई मोहोरको रुपमा व्यवस्थापन गर्ने कार्यमा जुटेको छ । नगरको सुन्दरतालाई व्यवस्थित गर्न फोहोरको वर्गीकरण अनिवार्य भए पनि यसमा केहि समस्या भने नभएको होइन । तर बर्गीकणको लागि स्थानीय नगरवासीहरु सक्रिय भएमा अझ व्यवस्थित गर्न सकिने भएकोले नगरपालिका अहिले त्यसैमा क्रियाशील रहेको नगरपालिकाका शाखा अधिकृत सुवोध रेग्मीले बताउँनुभयो ।

नगरपालिकाका इन्जिनियर रामधन श्रेष्ठले ८६ विगाह क्षेत्रफललाई नगरपालिकाले भोगचलनको अधिकार लिएर फोहोर व्यवस्थापनमा जुटेको जानकारी दिनुभयो । उहाँले संरक्षण र विकाससंगै बैज्ञानिक व्यवस्थापनमा समेत नगरपालिका लागिरहेको बताउँनुभयो । अहिले नगरक्षेत्रबाट दैनिक १३ टन फोहर संकलन हुने र त्यसका लागि वाषर््िाक १ करोड खर्च भैरहेको उहाँले बताउँनुभयो ।

यसैबीच घोराही नगरपालिकाको ल्यान्डफिड साइडको सामान्य प्रशासन मन्त्री रेखा शर्माले समेत अवलोकन गर्नुभएको छ । उहाँले फोहोर व्यवस्थापनमा नगरपालिकाले नमूना काम गरेको भन्दै प्रशंसा समेत गर्नुभयो । उहाँले फोहोर व्यवस्थापनको लागि स्थानीय स्तरवाट ठोस योजना आएमा आफूले मन्त्रालयतहबाट नै सहयोग र पहल गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV