४ चैत्र २०७२, बिहीबार

काठमाडौँ,  बैशाख १२ गतेको महाविनाशकारी भुकम्पले भत्काएको ऐतिहासिक महत्व बोकेको सांस्कृतिक सम्पदाहरुको पुननिर्माण अझै हुन सकेको छैन ।d

पुननिर्माण आफै गर्न तम्सिएकाहरुलाई पनि पुरातत्व विभागले पुननिर्माणको स्वीकृती दिएको छैन जसकारण सम्पदाहरु जोखिमपुर्ण बनेका छन । विश्व सम्पदा युनेस्कोमा सुचिकृत काठमाण्डौंको स्वयम्भुनाथको मन्दिरको नियती पनि यस्तै छ ।  पर्यटकहरुको मुख्य गन्तव्य बनेको स्वयम्भुनाथको पुननिर्माणको पहल नहुँदा एकातिर जोखिम बढेको छ भने अर्कोतर्फ स्वयम्भुनाथ परिसर कुरुप बन्दै गएको छ  ।

बौद्धमार्गीहरुको आस्थाको धरोहर मात्र होइन मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहँदै आएको काठमाडौंस्थित स्वयम्भुनाथको पुननिर्माण गर्न चाहेको स्वयम्भुनाथ व्यवस्थापन संरक्षण महासमितिलाई सरकारले स्वीकृती नै दिएको छैन । भुकम्पले भत्काएका सम्पदाहरुलाई व्यवस्थापन गर्न समेत सरकारको स्वीकृती लिनुपर्ने भएकाले जीर्ण बनेका सम्पदाहरु बिस्तारै जोखिमपुर्ण र कुरुप बन्दै गएका हुन् । आफुहरुले बारम्बार पुननिर्माण चाँडै हुनुपर्ने पहल गर्दापनि पुरातत्व विभागले वास्ता नगरेकामा सांसद राज्यलक्ष्मी श्रेष्ठ आक्रोशित हुनु भयो । सांसद श्रेष्ठले जीर्ण बनेको स्वयम्भुनाथको पुननिर्माण नहँुदा स्वयम्भु परिसरमा बस्ने पुजारीहरुलाई समेत असुविधा भएको बताउनुभयो ।

स्वयम्भुनाथका जीर्ण भएका सम्पदाहरुको पुननिर्माण र व्यवस्थापन नहँुदा निकै जोखिम बढेको सरोकारवालाहरु बताउँछन् । पुननिर्माण गर्ने चासोसम्म नदेखाएको सरकारले पुननिर्माण गर्न नदिएको संरक्षण महासमितिका महासचिव महेनद्ररत्न बुद्धाचार्यले बताउनुभयो । उँहाले महासमितिले पुननिर्माण गर्न भनेर पत्र पठाएको तीन महिना हुदाँपनि पुरातत्व विभागबाट स्वीकृती नपाएकोमा दुखेसो पोख्नुभयो ।

महासचिव बुद्धाचार्यले स्वयम्भुनाथ मन्दिर विश्व सम्पदा युनेस्कोमा सुचिकृत रहेको भएपनि कसैले चासो नदेखाएको र युनेस्कोबाट हेर्न मात्र आउनेगरेको बताउनुभयो  ।

पुननिर्माणका लागि राष्ट्रिय संकल्प गरेको सरकार कानमा तेल हालेर बसिरहेको महासचिवको आरोप छ । यस्तै श्रीलङका सरकारले पुननिर्माण गरिदिने भनिएका स्वयम्भुस्थित आनान्द कुटी विहार भवनको पुननिर्माण भने तत्काल हुने भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV