४ चैत्र २०७२, बिहीबार

नेपालको नयाँ संविधान उदाहरणीय रहेको प्रधानमन्त्री ओलीको दावी, पछौटेपन नै सार्क देशहरुको साझा सत्रु भएको ओलीको ठहर ।

PM-Oli

पोखरा-  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ संविधान उदाहरणीय रहेको भन्दै उहाँले नयाँ संविधानले लोकतन्त्र संस्थागत गर्न सघाउ पुग्ने बताउनुभएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको ३७ औं मन्त्रीस्तरीय वैठकको पोखराको ग्राण्ड होटल उद्घाटन गर्दै उहाँले भुकम्पका बेलामा नेपाललाई सहयोग गरेकोमा सार्कका सबै देशलाई आभार समेत व्यक्त गर्नु भयो ।

प्रधानमन्त्री ओलीले सार्क राष्ट्रमा अझै पनि गरिवी व्याप्त रहेको भन्दै गरिबी र पछौटेपन नै  सार्क देशहरुको साझा सत्रु रहेको औंल्याउनु भयो  । उहाँले यस क्षेत्रको गरिबी निवारणका निम्ति सार्कका देशहरुबीच आपसी सहकार्य हुनु पर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सार्क क्षेत्रको समृद्धिको सपना पूरा गर्न ‘कनेक्टीभिटी’ सबैभन्दा महत्वपूर्ण कुरा भएको बताउनु भयो । उहाँले पूर्वाधार र  सूचना तथा प्रविधि लगायतका क्षेत्रमा यी देशहरुबीच आपसी सम्वन्ध विकास गर्नुपर्ने उल्लेख गर्दै सार्क मुलुकहरुबीच आपसी व्यापार पनि प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो ।बैठकमा आठै देशका परराष्ट्र मन्त्रीहरुको सहभागीता रहेको छ ।

 

 

LIVE TV