४ चैत्र २०७२, बिहीबार

काठमाडौँ,  नेपाल वायुसेवा निगमको विमानमा बम राखिएको सूचना आएपछि चेकजाँच थालिएको छ ।

Nepal-Airlines-A320-Final

नयाँदिल्लीबाट काठमाडौं उड्न तयार रहेको निगमको आरए–२०६ नम्बरको फ्लाइटमा बम भएको सूचना दिल्ली प्रहरीलाई अज्ञात व्यक्तिबाट प्राप्त भएको थियो ।

नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई चढाएर उड्नका लागि तयारी गरिरहेको अवस्थामा विमानमा बम भएको सूचना पाएपछि तत्कालै सबै यात्रुलाई ओरालेर जाँच भइरहेको छ । अहिलेसम्म बम फेला परेको छैन् ।

सुरक्षा घेरामा रहेको जहाज आसपास बम डिस्पोजल टोली, कुकुरहरू र दमकल तैनाथ छन् । नेपाल वायुसेवा निगममा सहायक प्रवक्ता शैलेस कंशाकारले यो खबरको पुष्टि गरेका छन् ।

 

LIVE TV