४ चैत्र २०७२, बिहीबार

काठमाडौँ, बागमती नदी किनारको गुह्येश्वरीदेखि गोकर्णसम्मको सडक किनारा तथा सार्वजनिकस्थलमा सौर्यबत्ती जडान गरिने भएको छ ।

solar-plant
सांसद रामेश्वर फुयाँलले आज सार्वजनिकस्थलमा सौर्यबत्ती जडान कार्यको थालनी गर्नुभयो ।

यसअघि भएको छलफल कार्यक्रममा उहाँले सार्वजनिकस्थान, मन्दिर र विद्यालयमा सौर्यबत्ती प्रयोगमा ल्याइने जानकारी दिनुभयो । निजी आवास तथा कारखानामा सौर्य ऊर्जा प्रयोग गर्न लगाउन समन्वय गर्ने उहाँको भनाइ थियो ।

काठमाडौँ क्षेत्र नम्बर ३ को पूर्वाधार विकासका लागि रु सात लाख बजेट विनियोजन भएको पनि उहाँले जानकारी गराउनुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले विद्युत् कटौतीको समस्या न्यून गर्ने अभियानस्वरुप सौर्यबत्ती जडान कार्यक्रम सुरु गरिएको हो ।
आजै बागमती किनार सौर्य उज्यालो कार्यक्रम उपभोक्ता समिति समेत गठन गरिएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV