४ चैत्र २०७२, बिहीबार

बाँसघारीमा भुईंमा पछारेर डेढ वर्षीया छोरीको हत्या 

baby

रौतहट, स्थानीय पचरुखी गाविस–८ बस्ने एक महिलाले आफ्नै छोरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

डेढ वर्षीया छोरीलाई निर्ममतापूर्वक हत्या गरेको आरोपमा पचरुखी गाविस घर भएकी २२ वर्षीया सुकनीदेवी यादवलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

ती महिलाले आफ्नी छोरी रिनालाई गङ्गापिपरा गाविस भवन पछाडि रहेको बाँसघारीमा भुईंमा पछारेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

ती बालिकाको हत्या गर्नुको कारणबारे थप अनुसन्धान भइरहेको छ । रासस

 

LIVE TV