४ चैत्र २०७२, बिहीबार

पाल्पा, जिल्लाको अर्चले गाविसका ३० विपन्न घरपरिवारलाई सौर्यबत्ती वितरण गरिएको छ ।

saurya-batti
जिल्ला विकास समिति पाल्पाको एलजिसिडिपी सहयोग कार्यक्रमअन्तर्गत रु तीन लाख ६० हजार र स्थानीय जनताबाट उठाइएको रु एक लाख २० हजार गरी जम्मा रु चार लाख ८० हजार बराबरको ३० वटा सौर्यबत्ती वितरण गरिएको हो ।

सातदोबाटो नागरिक सचेतना केन्द्रका महिलालाई ५१ वाट क्षमता रहेको सोर्यबत्ती वितरण गरिएको गाविस सचिव विष्णुप्रसाद पौडेलले बताउनुभयो ।

टुकीको भरमा जीवन गुजारा गर्दै आएका यस क्षेत्रका नागरिक सौर्यबत्ती पाएपछि दङ्ग छन् । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV