
यसवर्षको एसएलसी परीक्षाको तयारी पुरा भएको परीक्षा नियन्त्रण कार्यालय भक्तपुरको भनाई, परीक्षा चैत १८ देखि २९ सम्म सञ्चालन हुने
यस वर्षको एसएलसी परीक्षा चैत १८ देखि २९ गतेसम्म हुँदैछ । परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले परीक्षाको तयारी पूरा भएको जनाएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।
यो वर्षदेखि एसएलसी परीक्षाको नतिजा लेटर ग्रेडिङमा सार्वजनिक गरिने छ । तर परीक्षा संचालनको बिधि भने गएका वर्षहरुमा जस्तै हुनेछ । यसवर्ष एसएलसी परीक्षाका लागि देशभर १ हजार ४ सय ४३ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
जसमध्ये सबैभन्दा धेरै काठमाडौंमा ९५ केन्द्र छन् भने सबै भन्दा कम मनाङ् र मुस्ताङ्मा एक एक केन्द्र निर्धारण गरिएको छ । यो वर्ष एसएलसीमा कुल ६ लाख १५ हजार र प्राविधिक एसएलसी तर्फ तीन हजार दुई सय ५५ जना विद्यार्थी सहभागी हुँदैछन् ।