४ चैत्र २०७२, बिहीबार

मानसिक सन्तुलन गुमाएका भुजेललाई दक्षिण कोरियाको सहयोग

khormaa

चरिकोट, मानसिक सन्तुलन गुमाएका जुगु गाविस वडा नं ५ का श्यामबहादुर भुजेललाई थप सहयोग जुटेको छ । खर्च अभावमा १५ महिनादेखि फलामे खोरमा थुनिएको भन्ने समाचार राष्ट्रिय समाचार समितिबाट प्रकासित भएपछि सहयोग जुट्ने क्रम बढेको हो ।

समाचारकै आधारमा दक्षिण कोरियामा रहेको दोलखाली समाजका दीपेन्द्र अधिकारीको सक्रियतामा रु ७० हजार ७०० सङ्कलन गरी बिहीबार एक कार्यक्रमका बीच राष्ट्रिय समचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले पीडितकी आमालाई रकम हस्तान्तरण गर्नुभएको छ ।

मानसिक सन्तुलन गुमाएका भुजेलको हाल राजधानीमा रहेको कोसिस नेपालमा उपचार भइरहेको छ । यसअघि पनि भुजेललाई अस्ट्रेलियामा रहेका अमित रिजालले रु ५० हजार सहयोग गरिसक्नुभएको छ ।

रकम हस्तान्तरण कार्यक्रम तथा मोफसलको पत्रकारिता र चुनौती विषयक अन्तक्र्रियामा बोल्दै अध्यक्ष वाग्लेले परोपकारी पत्रकारिताले जनतामा पु¥याएको योगदानका बारेमा चर्चा गर्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुष्पराज शाही स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्मालगायतले मन्तव्य व्यक्त गर्नुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV