४ चैत्र २०७२, बिहीबार

डिफेण्डिङ च्याम्पियन बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश, अतिरिक्त समयमा युभेन्टसलाई हराउँदै बायन म्युनिख पनि क्वार्टरफाइनलमा

neymar--messi.jpg

डिफेण्डिङ च्याम्पियन बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो लेगमा आर्सनललाई ३÷१ ले हराएको बार्सिलोनाले समग्रमा ५÷१ को जित हात पारेको छ । त्यस्तै, अर्को खेलमा बायन म्युनिखले युभेन्टसलाई पराजित गरेको छ ।

पहिलो लेगमा बार्सिलोना २÷० ले विजयी भएको थियो । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले १८ औं मिनेटमा नेइमारको गोलबाट अग्रता लिएको थियो । तर, ५१ औं मिनेटमा आर्सनलले बराबरी गोल फर्कायो । ६५ औं मिनेटमा लुइस स्वरेजले गोल गरे भने ८८ औं मिनेटमा लिओनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई ३÷१ को जित दिलाएका हुन् । त्यस्तै, गएराति नै भएको अर्को खेलमा बायन म्युनिखले दुई गोलले पछि परेको अवस्था उल्टाउँदै युभेन्टसलाई अतिरिक्त समयमा हराएको छ । वायनले नाटकीय रुपमा च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ । पहिलो लेग २÷२ को बराबरीमा सकिएको थियो । बार्यनको घरेलु मैदानमा भएको दोस्रो लेगमा युभेन्टसले सुरुवाती २८ मिनेटमा नै दुई गोल गरेको थियो । इटानियल क्लब युभेन्टसले पाँचौं मिनेटमा पोग्बाको गोलबाट अग्रता लिएको थियो । २८ औं मिनेटमा क्वाड्राडोले गोल गरेपछि युभेन्टस निकै सहज अवस्थामा पुगेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV