४ चैत्र २०७२, बिहीबार

उत्तर कोरियाले फेरि कृत्रिम भूकम्प गराएको दक्षिण कोरियाको दावी, राजधानीबाट ३४ किलोमिटरको दूरीमा गराइएको विस्फोटनका कारण धक्का महशुस

Kim-Jon

उत्तर कोरियाले फेरि कृत्रिम भूकम्प गराएको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाका अनुसार विस्फोटनका कारण कृत्रिम भूकम्पको महशुस भएको हो ।

नेपाली समय अनुसार बुधबार राति सवा ९ बजे २ दशमलव २ रेक्टरको भूकम्प मापन भएको र यसको केन्द्र विन्दु उत्तर कोरियाको राजधानीबाट झण्डै ३४ किलोमिटरको दूरीमा रहेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाले यस अघि पनि शक्तिशाली कृत्रिम भूकम्प गराएको थियो ।

गएको जनवरीमा उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गर्दा ठूलो धक्का महशुस गरिएको थियो । उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेको विश्वसनियतमा विशेषज्ञ भने विवादीत छन् । दक्षिण कोरियाले बुधबार रातिको धक्का कुनै परामाणु परीक्षण गर्दाको नभई विस्फोट कार्यका कारण भएको पनि जनाएको छ । भूकम्प जमिनको सतहभन्दा एक  किलोमिटर गहिराईमा मापन गरिएकाले यो विस्फोटक कार्यकै कारण भएको दक्षिण कोरियाको दाबी छ । उत्तर कोरियाले मंगलबार मात्रै लघु आणविक बम बिस्फोट गर्ने बताएको थियो । अन्तराष्ट्रिय कानुन विपरित परमाणु गतिविधि गरिरहेकाले उत्तरकोरियामाथि संयुक्त राष्ट्रसंघले २० वर्ष यताकै कडा प्रतिबन्ध लगाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV