४ चैत्र २०७२, बिहीबार

आफ्ना नागरिकको तत्काल रिहा गर्न उत्तर कोरियालाई अमेरिकाको चेतावनी, राजनीतिक एजेन्टको लागि अमेरिकी नागरिकलाई प्रयोग गरेको आरोप

student_sentenced_in_north_

अमेरिकाले उत्तर कोरियामा जेल सजाय तोकिएका आफ्ना नागरिकको तत्काल रिहा गर्न चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति कार्यालय हृवाइट हाउसले अमेरिकी छात्रको माफी र तुरुन्त रिहाइको माग गरेको छ ।

हृवाइट हाउसले उत्तर कोरियाले आफ्नो राजनीतिक एजेन्टको लागि अमेरिकी नागरिकलाई प्रयोग गरेको आरोप लगाएको छ । उत्तर कोरियाले आफ्ना देश बिरुद्ध काम गरेको आरोपमा अमेरिकाका एक छात्रलाई १५ वर्षको श्रम जेलमा राख्ने फैसला गरेको छ । जनवरीमा उत्तर कोरिया गएका २१ वर्षीय ओटो वाम्बियरले एक होटलबाट एक राजनीतिक प्रचारको नारा चोर्न लागेको अवस्थामा जनावरी २ मा पक्राउ गरिएको थियो । पहिले कहिल्यै पनि विदेशी कैदीलाई यस्तो कठोर किसिमको सजाय नदिइएको बीबीसीले जनाएको छ ।

उनीमाथी सत्रुतापूर्ण काम गरेको आरोप लागेको छ । उत्तर कोरियाको सरकारी टेलिभिजनमा वाम्बियरले आफूले नारा चोर्न खोजेको स्विकार गरेका छन् । उत्तर कोरियामा अमेरिकी पर्यटन कानूनी रुपमा स्विकार्य भएपनि अमेरिकाको विदेश मन्त्रालयले उत्तर कोरियाको भ्रमण नगर्न सल्लाह दिदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV