४ चैत्र २०७२, बिहीबार

साप्ताहिक पत्रिका ‘फिल्मीखबर’ले प्रत्येक बर्ष दुईजना कलाकारहरुलाई वर्ष व्यक्ति घोषणा गर्दै आईरहेको छ । यस बर्षको बर्ष ब्यक्तिका रुपमा निर्देशक नारायण रायमाझि र हाँस्य कलाकार दीपाश्री निरौलालाई बर्षव्यक्ति २०७२ बाट सम्मान गरीएको छ । फिल्मीखबरको बार्षिक कार्यक्रममा उप प्रधान तथा उर्जामन्त्रि टोपबहादुर रायमाझिबाट अवार्ड प्रदान गरीएको हो । यस बर्षबाट सातौँ बर्षमा प्रबेश गरेको छ । फिल्मीखबर साप्ताहिक पत्रिकाले सातौँ बर्ष प्रबेशको अवसरमा बर्ष व्यक्ति घोषणा गरेको हो ।
12832549_1162661897078968_2675763709135976156_n
समारोहमा उपीस्थत कलाकार दीपाले अवार्ड ग्रहण पश्चात उक्त अवार्डले आफुलाई निकै हौसला अथवा उर्जा दिएको बताईन् । त्यस्तै निर्देशक रायमाझिले पनि खुशिमुद्रामा उक्त सम्मानले उर्जा प्रदान गरेको बताएका छन् । उपस्थित उर्जामन्त्रि रायमाझिले पनि सम्मान प्रदान गर्दै मनोरञ्जन राष्ट्रको मौलिक अधिकार रहेको बताउँदै “गाँस, बास, कपासलाई जस्तै मनोरञ्जनलाई पनि मौलिक अधिकार भित्र राख्नु पर्छ, राजनिती गर्नेहरुलाई पनि मनोरञ्जन चाहिन्छ ।” उनले भने । त्यस्तै उर्जामन्त्रिले कलाको लक्ष्य मुलुकको समृद्धि हुनुपर्ने पनि औंल्याएका थिए । फिल्मीखबर साप्ताहिक पत्रिकाको सम्पादक शान्तिप्रीयले फिल्मीपत्रकारीतालाई टिकाउन चुनौति रहेको बताउँदै यसपटक भने सम्मान शैलीलाई परिवर्तन गरीएको पनि जानकारी दिए । त्यस्तै कार्यक्रममा उपस्थित चलचित्र बिकास बोर्डका अध्यक्ष राजकुमार राईले पनि फिल्मी पत्रकारीतामा अनुशाशन हुनु आवश्यक भएको बताएका छन् । उक्त कार्यक्रममा हाँस्यकलाकारहरु देखि कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
1255_1162604933751331_3888412423121964252_n

10389341_1162661890412302_7289652151842519058_n

प्रतिक्रिया दिनुहोस्

LIVE TV