४ चैत्र २०७२, बिहीबार

‘आशिकी’ को तेश्रो सिक्वेलमा कलाकार तय भएका छन् । जानकारीमा आएअनुसार ‘आशिकी ३’ को लागी बलिउडका पछिल्लो पुस्ताका चर्चित कलाकार आलिया भट्ट र सिद्धार्थ मलहोत्रा अभिनयमा रहने पक्का भएको हो ।
21-Alia-Siddharth
स्टुडेन्ट अफ दि ईयर’ जोडी आलिया र सिद्धार्थलाई अफिसियल रुपमै अनुबन्ध गरिएको निर्देशक मोहित सुरीले मिडियामाझ बोलेका छन् । आलिया पछिल्लो पटक ‘कपुर एण्ड सन्स’को प्रमोशनमा छन् । पछिल्लो पुस्ताको पहिलो रोजाई जस्तै बन्न पुगेकी राइजिङ स्टार आलिया र सिद्धार्थ स्टारिङमा रहने फिल्म अर्को बर्षबाट फ्लोरमा जाने भनिएको छ । ‘आशिकी २’ मा आदित्य रोय कपुर र श्रद्धा कपुर लिड रोलमा भए पनि पुनः यो जोडीलाई निर्माण युनिटले दोहोर्याएन् । आशिकी सिरीजको पहिलो फिल्म १९९० मा आएको थियो । फिल्ममा अनु अग्रवाल र राहुल रायले अभिनय गरेका थिए । त्यस्तै दोस्रो सिक्वेल फिल्म आशिकी २, २०१३ मा आएको थियो, जस्मा श्रद्धा कपुर र आदित्य राय कपुरले अभिनय गरेका थिए । अब बन्न लागेको तेस्रो सिक्वेल फिल्म ‘आशिकी ३’ दर्शकहरुको लागि पर्खाईको फिल्म भएको छ ।

alia-sid-story+fb_647_011316103437

india-entertainment-bollywood_fe0245e6-d06b-11e5-9215-0a2a26aeb03b

प्रतिक्रिया दिनुहोस्

LIVE TV