
१.सार्क मन्त्रीस्तरीय सम्मेलनको अन्तिम दिन आज परराष्ट्रमन्त्रीस्तरीय बैठक हुँदै, सार्क राष्ट्रहरुको बृहत्तर हितसहित आतंककारी र लागूऔषध कारोवार रोकथाम मुख्य एजेण्डा ।
२. संसदको नियमावली मस्यौदामाथि आजबाट पुनः छलफल हुने, एक दिनमा दश वटा परिच्छेद टुंग्याउने गरी कार्यसूची तयार ।
३ कांग्रेसको १३ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यद्धारा पदबहाली, संविधान कार्यान्वयन र मधेशको मुद्दा समाधान गर्ने सभापति देउवाको अठोट ।
४. डिफेण्डिङ च्याम्पियन बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश, अतिरिक्त समयमा युभेन्टसलाई हराउँदै बायन म्युनिख पनि क्वार्टरफाइनलमा ।
५. र, अमेरिकी राष्ट्रपति ओबामाद्वारा सर्वोच्चका रिक्त न्यायाधीश पदमा वरिष्ठ न्यायाधीश मेरिक गारल्याण्ड सिफारिस, अनुमोदन प्रक्रिया रोक्ने बिपक्षीहरुको चेतावनी ।