४ चैत्र २०७२, बिहीबार

दाङ । नेपाल आदिवासी जनजाति महासङ्घ केन्द्रीय समितिले दाङको देउखुरीस्थित वाल जनता उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्ने मुक्त कम्लरी बालिकालाई बुधवार रु दुई लाख रुपैयाँको शैक्षिक सामग्री र छात्रवृत्ति सहयोग प्रदान गरेको छ ।

३८ जना मुक्त कम्लरीलाई एक÷एक थान विद्यालय पोसाक र झोला प्रदान गरिएको हो । यस्तै, स्नातकोत्तर अध्ययन गर्ने वसन्ती चौधरी र सरस्वती चौधरीलाई रु १५÷१५ हजार गरी जम्मा रु ३० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको छ । मुक्त कम्लरीका आफ्ना सामग्री राख्न ११ वटा स्टिलका दराज पनि सहयोग गरिएको छ । मुक्त कम्लरी विकास मञ्चको आयोजनामा कार्यक्रम भएको थियो ।

book show

मुक्त कम्लरी विकास मञ्चकी दाङ जिल्ला अध्यक्ष सुनिता चौधरीको अध्यक्षता एवम् नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय महासचिव तथा सांसद पेम्वा भोटेको प्रमुख आतिथ्यमा मुक्त कम्लरीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भोटेले सरकारले मुक्त कम्लरी बालिकाको उच्च शिक्षा अध्ययन र भावी भविष्यका लागि लगानी लगाउनुपर्ने बताउनुभयो । रासस

 

LIVE TV