४ चैत्र २०७२, बिहीबार

कञ्चनपुर। कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–२ लक्ष्मीपुरमा रहेको बैजनाथ प्राथमिक विद्यालयमा तीनजना मात्रै शिक्षक कार्यरत हुँदा पठनपाठनमा समस्या भएको छ । विद्यालयमा पाँचजना शिक्षकको दरबन्दी हुनुपर्नेमा दुई स्थायी र एक राहत गरी तीनजना मात्रै कार्यरत रहेका छन् । शिक्षक अभाव भएपछि विद्यार्थीलाई बहुशिक्षण विधिका आधारमा पठनपाठनको कार्य हुँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोदुराम चौधरीले बताउनुभयो ।

akhil-school-nirman-3

“शिक्षक अभावमा १ देखि ३ कक्षासम्मका विद्यार्थीलाई एउटै कक्षामा राखेर पठनपाठन गर्ने व्यवस्था मिलाएका छौ”, उहाँले भन्नुभयो । थारू समुदायका बालबालिकाको बाहुल्यता रहेको विद्यालयमा अभिभावकको आर्थिक अवस्था कमजोर भएकाले निजी स्रोतका शिक्षकको व्यवस्था मिलाउन नसकिएको विद्यालयका प्रधानाध्यापक गोविन्द अवस्थीले बताउनुभयो ।

“गाउँमा दैनिक मजदुरी गरेर खाने परिवार रहेकाले चन्दा उठाउन सकिँदैन”, उहाँले भन्नुभयो, “निजी स्रोतका शिक्षकको तलबको व्यवस्था गर्न नसक्दा तीनै जनाले कक्षा सञ्चालन गर्दै आएका छौँ ।” विद्यालयमा सयभन्दा बढी बालबालिका अध्ययनरत छन् । रासस

 

LIVE TV