४ चैत्र २०७२, बिहीबार

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चिनियाँ जहाजबाट एक वर्षमा ३१ करोड ३३ लाख रुपैयाँ घाटा भएको जानकारी दिएको छ । निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको जानकारी अनुसार चिनियाँ जहाज एमए ६० र वाई १२ ई भित्राएर उडान गरेपछि वार्षिक घाटा बढेको उल्लेख छ । निगमको तथ्यांकअनुसार चिनियाँ जहाज उडाउन थालेपछि गत वर्षको पुसदेखि यो वर्षको पुससम्ममा आन्तरिक उडानमा ३२ करोड ३५ लाख रुपैयाँ घाटा भएको छ ।

Nepal-Airlines

चिनले अनुदानमा उपलब्ध गराएको ५६ सिट क्षमताको एम ए ६० र १८ सिट क्षमताको वाई १२ ई नउडाए बीमा, पार्किङ, प्रशासनिक खर्च, पाइलट तथा इन्जिनियरको तालिम तथा लाइसेन्स नवीकरणसहितमा हुने खर्चले घाटा हुन्छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV