४ चैत्र २०७२, बिहीबार

एकीकृत माओवादीका नेताहरुले तीन महिने संगठनात्मक अभियान उत्साहजनक भएको निष्कर्ष निकाल्दै आगामी थप कार्ययोजना बनाउन नेतृत्वसँग माग गरेका छन्। कान्तिपुर दैनिकमा समाचार छ।

Narayan-Kaji-Shrestha-interview-ktmtdy3

बुधबारदेखि पेरिसडाँडास्थित एमाओवादी मुख्यालयमा सुरु दुई दिने संगठनात्मक कार्यशालामा उनीहरुले संविधान निर्माणपछि पार्टी नेतृत्वप्रति सर्वसाधरणमा साख बढेको टिप्पणी गरेका हुन्।

 

कार्यशालामा सात प्रदेशका पाँच–पाँच अगुवा नेतासहित केन्द्रीय कार्यालय पदाधिकारीको सहभागिता छ। स्रोतका अनुसार उनीहरुले माओवादीबाट छुटेर गएका दलहरुसँग छिट्टै एकता गर्न सके कार्यकर्ताको मनोबल अझै बढ्ने बताएका थिए।

 

केन्द्रीय कार्यालयका तर्फबाट एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशैभरि हाल देखिएको कार्यकर्तासम्बन्धी समस्या बुँदागतरुपमा प्रस्तुत गरेका थिए।

 

LIVE TV