४ चैत्र २०७२, बिहीबार

पोहोर घुम्नुपर्ने ठाउँमध्ये नेपाललाई उत्कृट १० सहर (मुलुक) भित्र पारेको विश्वचर्चित पत्रिका फोब्र्सले यसपटक नेपाल जाने उपयुक्त समय आएको भन्दै विदेशीलाई नेपाल घुम्न सल्लाह दिएको छ । भूकम्पले नेपालमा क्षति पुर्याएको र पीडितको सहयोगका लागि विदेशीको भ्रमण आवश्यक भएको फोब्र्समा प्रकाशित आलेखमा उल्लेख छ ।

forbes

आलेखमा पर्यटकको भ्रमण प्याकेज सार्वजनिक गर्दै नेपाल घुम्ने गतिलो अवसरका रुपमा अहिलेको समयलाई चित्रण गरिएको छ । फोब्र्समा बेन्ना विल्सनले लेखेको आलेखमा नेपाल घुम्न विदेशीलाई आह्वान गरिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV