४ चैत्र २०७२, बिहीबार

तिब्बत सिमानाका लप्ची गाउँबासी एक हुल चरिकोट आए। भूकम्पपछि पहिरोले खोलाका झोलुंगे पुल, फड्के बगाएको र हिँड्ने बाटोसमेत भत्किएपछि नाकाबन्दीमा परेको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराए। कारोबार दैनिकमा समाचार छ।

Kp-oli1

प्रधानमन्त्री केपी शर्मा ओली केही दिनमै चीन जाँदै छन् भन्ने सुनेका उनीहरु लप्चीबाट तीन दिन हिडेर चरिकोट आए र सीमाक्षेत्रका समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारीमार्फत बुधवार मागपत्र बुझाए।

 

भूकम्पपछि नेपालतिरको बाटो बिग्रेको र तिब्बती बजार छुप्साङ र कुती बजार जान तिब्बतको प्रान्तीय सरकारले  कडाइ गरेकाले किनमेलमा समस्या भएको कोन्ज्योक शेर्पाले बताए। ‘बजार निरर्भरता बिब्बततिरै छ तर उताको सरकारको  अनुकुलतामा खुल्ने र बन्द हुने हुँदा कहिले उत्तै बस्नु पर्ने त कहिले  रित्तै फर्कनु पर्ने अवस्था छ, उनले भने,‘यसलाई प्रधानमन्त्री ओलीले सहज बनाइदिनु पर्यो।’

 

टिंग्री सहरबाट तातोपानीभन्दा लामाबगर नाका ७१ किलोमिटर नजिक छ। भैगोलिक दृष्टिले पनि केरुङ र तोतोपानीभन्दा यो नाकाको सडक सुरक्षित छ।

 

LIVE TV