सरकारले विद्यालय तहका विद्यार्थीलाई सूचना प्रविधिको माध्यमबाट अध्यापन गराउन लाइभ स्कुल (टेलिविद्यालय) सञ्चालन गर्ने भएको छ । भक्तपुरको शैक्षिक जनशक्ति विकास केन्द्रमा स्थापना हुने लाइभ स्कुलका लागि टेलिभिजन स्टेशन नै स्थापना हुने भएको छ । यसका लागि करिब १८ करोड लगानी हुने अनुमान गरिएको छ ।
यस्तो लाइभ स्कुलमार्फत विषय शिक्षक नभएका विद्यालयका हजारौं विद्यार्थीले इन्टरनेटको माध्यमबाट विद्यालयमै पढ्न पाउनेछन् । आजको कारोबार दैनिकमा खबर छ ।