३ चैत्र २०७२, बुधबार

पोखरा। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भूकम्पले ध्वस्त बनेका नौ हजार विद्यालयको पुनःनिर्माण आगामी तीन वर्षभित्रमा गरिसक्ने बताउनुभएको छ ।

sch

क्रान्तिकारी पत्रकार सङ्घ कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भूकम्प पुनःनिर्माण प्राधिकरणले त्यसको गृहकार्य सुरु गरिसकेको बताउनुभयो ।

आगामी वैशाखको दोस्रो साताभित्रमा विद्यार्थीका हातहातमा पुस्तक पु¥याइसकिने बताउँदै उहाँले पुस्तक छाप्ने काम जनकशिक्षा सामाग्री केन्द्रबाट भइरहेको जानकारी गराउनुभयो ।

पुस्तक छपाइकार्य मधेस आन्दोलनका कारण समयमै कागज आउन नसक्दा प्रभावित बनेको उहाँको भनाइ छ ।

भूकम्प र मधेस आन्दोलनका कारण शैक्षिक वर्षमा पूरा पढाउनुपर्ने दिनमा पढाइ हुन नसकेको बताउँदै उहाँले यसवर्ष एसएलसी दिने विद्यार्थीका लागि सूचना प्रविधिको प्रयोगमार्फत वैकल्पिक रुपमा पढ्ने अवसर उपलब्ध गराइएको उल्लेख गर्नु भयो ।
सीमाङ्कन हेरफेरलगायत मधेस आन्दोलनमा उठेका विषयलाई सहमतिका माध्यमबाट टुङ्गोमा पु¥याइने उहाँले बताउनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV