३ चैत्र २०७२, बुधबार

काठमाडौं, नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६० औं वर्षका अवसरमा नेपालस्थित जापानी राजदूतावास र जापान फाउन्डेसनले संयुक्तरुपमा राजधानीमा साटो मासाहिको एन्ड नोमोडिस्मो ज्याज कन्सर्ट आयोजना गर्न लागेका छन् ।

concert
नेपालस्थित जापानी राजदूतावासका अनुसार कन्सर्टमा जापानी कलाकार पियानोवादक मासाहिको साटो, भायोलीनवादक केइसुके ओटा, तालवादक योची ओकाबे र ज्याज गायक अकिको उएसुगी तथा नेपाली कलाकारहरु रवीनलाल श्रेष्ठ र सुरेशराज वज्राचार्यले प्रतिभा प्रस्तुत गर्नुहुनेछ ।

आगामी चैत १३ गते त्रिभुवन आर्मी अफिसर्स क्लबमा सो कार्यक्रम आयोजना गरिने र जापानी राजदूतावासमा टिकट निःशुल्क पाइने पनि दूतावासले जनाएको छ ।

नेपालजस्तै जापान पनि कला, संस्कृति र सांस्कृतिक सम्पदाका दृष्टिले समृद्ध रहेको र दुवै मुलुकले यी सम्पदाको संरक्षण र प्रबद्र्धनमा विशेष महत्व दिइआएको भन्दै राजदूतावासद्वारा आज जारी विज्ञप्तिमा जापानी र नेपाली कलाकारको संयुक्त प्रस्तुतीले दुवै मुलुकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV