३ चैत्र २०७२, बुधबार

काठमाडौँ, युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि पूर्वाधार निर्माणमा सहयोग गर्ने विषयलाई प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा प्रस्तुत हुने एजेन्डामा समावेश गराउन आग्रह गरेको बताउनुभएको छ । mandal
नेपाल खेलकुद महाङ्घद्वारा आज यहाँ आयोजित अन्तक्र्रियामा मन्त्री मण्डलले ‘१३ औं सागमा आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणमा सहयोग पु¥याउने विषयलाई प्रधानमन्त्रीको चीन भ्रमणको एजेन्डामा समावेश गराउन आफूले प्रमसँग आग्रह गरेको बताउनुभयो ।

उहाँले १३ औँ सागका लागि समिति गठन गरी आम जनतालाई सूचना दिन ढिलाइ गर्न नहुनेमा जोड दिनभयोे ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले साग आयोजनाको गहन जिम्मेवरी लिनु अत्यन्तै सम्मानित कुरा भएकाले त्यसलाई पूरा गर्न राखेप गम्भीरतापूर्वक लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सिङ्गो रुपमा सरकारले जिम्मेवारी लिनसके मात्र साग आयोजना सम्भव हुने बताउँदै तदारुकताका साथ तयारी अगाडि बढाए दुई वर्षको अवधि पर्याप्त हुने धारणा व्यक्त गर्नुभयो ।

नेपाल खेलकुद महासङ्घका अध्यक्ष एवम् पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले सागलाई सफलतापूर्वक सम्पन्न गर्न पूर्वाधार, खेल सामाग्री, प्रशिक्षण र पुरस्कारमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

भारतको गुवाहटीमा गत फागुन ४ गते भएको १२ औं सागको समापन कार्यक्रममा नेपाललाई १३ औं साग आयोजनाका लागि झण्डा हस्तान्तरण गरिएको थियो । रासस

 

LIVE TV