३ चैत्र २०७२, बुधबार

त्रिशूली, जिल्लाको थानापति गाविसमा विद्यार्थी बोकेको स्कुल बस आज दुर्घटना भएको छ ।

school bus
थानापति गाविस–७ मा बा२ख ८१७ नंको सेई बोर्डिङ स्कुलको बस विद्यार्थी पु¥याउन जाँदै गर्दा सडकबाट १० मिटर तल खसेर बस दुर्घटना भएको हो । दुर्घटनामा परेर १० जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

दुर्घटनापछि बस चालक कृष्णबहादुर तामाङ फरार भएका छन् । दुर्घटनामा विद्यार्थी सन्तोष गिरी, सरल सिटौला, सीता गिरी, बैकुण्ठ खतिवडा, विकेश श्रेष्ठ, प्रभात पाण्डे, पवन गिरी, दिनेश पुडासैनी र सन्तोष गिरी ‘ख’ रहेको प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । घाइते विद्यार्थीको त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको कारण खुलेको छैन । घाइते विद्यार्थीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV