३ चैत्र २०७२, बुधबार

यमन, यमनको दक्षिण सहर एडेनमा बुधबार अपराह्नमा समय नपुग्दै भएको एक विस्फोटमा परी अल कायदासँग आवद्ध तीन आतङ्ककारी मारिएका छन् ।

download
एक प्रहरी स्रोतले सिन्ह्वा समाचार समितिलाई सो जानकारी दिएको छ । प्रान्तीय प्रहरी अधिकारीकाअनुसार अनुसार एडेन सहरको एक घरभित्रै समय नपुग्दै सो बम विस्फोट भएको छ ।

सोही प्रान्तमा आतङ्ककारी आक्रमणको लागि सो बम बनाइरहेको जनाइएको छ ।

सरकारसमर्थक सुरक्षाबललाई आक्रमण गर्ने लक्ष्य राखि बनाइएको सो बम गल्तीले विस्फोट हुँदा तीन आत्मघाती आक्रमणकारी कै मृत्यु भएको जनाइएको छ ।

एडेन प्रान्तको मन्सुउरा जिल्ला शनिबार राति साउदी अरेबियासँग आवद्ध हवाई आक्रमणमा करिब १५ जना अतिवादीको मृत्यु भएको बताइएको छ ।

पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सलेहका समर्थक सिया हुथी समूहसँग सन् २०१५ को मार्च महिनाबाट सुरु गरेको द्वन्द्वको कारण यमनको सुरक्षा अवस्था क्षण हुँदै गएको पाइन्छ । रासस÷सिन्ह्वा

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV