३ चैत्र २०७२, बुधबार

काठमाडौँ, नेपाल सरकार तथा नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त तत्वावधानमा बिहीबारदेखि भृकुटीमण्डपमा पाँचौँ नेपाल–अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ ।

Nepal-Intl-Trade-fair11
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार भारत, बङ्गलादेश, पाकिस्तान तथा चीनसहित व्यापारिक प्रतिष्ठानले भाग लिने सो मेलामा ३५० वटा कक्ष रहनेछ ।

बिहीबारदेखि चैत ८ गतेसम्म हुने मेलाको आकर्षण हस्तकला, पर्यटन, छालाको उत्पादन मुख्यरुपमा हुने बताइएको छ ।

कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरेले महासङ्घको सहकार्यमा हुने मेलाले नेपाली वस्तुको प्रवद्र्धन तथा व्यापार बढाउन सहयोग हुने बताउनुभयो ।

उहाँले भूकम्प र नाकाबन्दीका कारण देशको आर्थिक अवस्था जर्जर भएको भन्दै आर्थिक वृद्धि दु्रत गर्न सरकार तथा निजी क्षेत्रको सहकार्य जरुरी रहेको चर्चा गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष भवानी राणाले महासङ्घले औद्योगिक विकास तथा पूर्वाधारको विकासबिना देशको समग्र विकास नहुने बताउनुभयो ।

नेपाल जडीबुटी उत्पादक सङ्घका अध्यक्ष गोविन्द घिमिरेले नेपालमा जडीबुटीको प्रशोधन गर्नसकेमा देशले विकासको फड्को मार्ने बताउनुभयो । रासस

 

LIVE TV