
काठमाडौँ, आईसीसीले वर्ल्ड क्रिकेट खेल नेपालमा गर्नका लागि केही शर्त अघि सारेको छ ।
लिग अन्तर्गतको होम एन्ड अवे खेलमा नेपाल नामिवियासँग खेल्दैछ । नामिविया नेपाल आएर खेल्नका लागि आईसीसीले शर्त सारेको हो ।
आईसीसीका एसियन डेभलोपमेन्ट अफिसर समेत राखेर कोच र क्याप्टनले टीम छनौट गर्नु पर्ने शर्त छ । त्यस्तै, खेल हुने मैदानलाई एसियन डेभलोपमेन्ट म्यानेजरले निरीक्षण गरेर स्विकृति प्रदान गर्नुपर्ने र त्यसालाई आईसीसीले अनुमोदन गरेपछि नेपालमा नामिवियासँगको खेल हुने आईसीसीले शर्त राखेको छ । शर्तहरु पास नभए अर्को मुलुकको तटस्थ मैदानमा नेपाल र नामिबियाको खेल हुने छ । आईसीसीले बिहीबार विज्ञप्ती निकालेर उक्त शर्तहरु अगाडि ल्याएको हो ।
आईसीसीका ग्लोबल डेभलपमेन्ट प्रमुख टिम एन्डर्सनले क्यानमा देखिएको विवाद नेपालको क्रिकेट क्षेत्रका लागि दुर्भाग्यपूर्ण भनेका छन् ।
क्यानमा देखिएको विवाद र नेपालको बिग्रको राजनीतिक अवस्थालाई हर्दै आईसीसीले त्यस्तो शर्त राखेको हो । लिगमा खेलिरहेको अहिले अंक तालिकमा पुछारमा छ ।