३ चैत्र २०७२, बुधबार

काठमाडौँ, नेकपा (एमाले)का उपाध्यक्ष गौतमले विगतमा एमाले पार्टी विभाजन हुँदा नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको हात रहेको भन्ने खड्काको अभिव्यक्तिको खण्डन गर्नुभएको छ ।

bamdev
विसं २०५४ मा एमाले विभाजन भई नेकपा (माले) गठन भएको थियो भनेपछि सो समूह एमालेमै विलय भएको थियो ।

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रहनुभएका उपाध्यक्ष गौतमले आज विज्ञप्ति प्रकाशन गरी “खड्कासँग मेरो पार्टी विभाजनका अगाडि वा तत्काल पछाडि पनि भेट भएको थिएन । खुमबहादुरसँग मैले सल्लाह गर्नुपर्ने कुनै आवश्यकता थिएन र त्यो कुनै पनि अवस्थामा महसुस पनि गरिन । पार्टी विभाजनमा कतैबाट सहयोग रकम पनि लिएको थिइन ।”

गौतमले पूर्वगृहमन्त्री खुमबहादुर एमाले विभाजनमा कुनै न कुनै तरिकाले लागेका छन् भन्ने थाहा मात्र पाएको भए पार्टी विभाजनमा आफ्नो संलग्नता कुनै पनि हालतमा नहुने पनि स्पष्ट गर्नुभएको छ ।

माले सरकारमा गएका बेला खड्काको सल्लाहमा आफूले तत्कालीन प्रहरी प्रमुख अच्युतकृष्ण खरेललाई हटाउन भनेको र आफूले नमान्दा आफू सरकारबाट हट्नुपरेको घटना पनि स्मरण गर्नुभएको छ । रासस

 

LIVE TV