३ चैत्र २०७२, बुधबार

कुनै समय आर्थिक अभावमा उपचारको लागि जिल्ला बाहिर जान नसकेका बागलुङको भिमगिठे ५ का रमेश दमाईको सहयोगार्थ थुप्रै सहयोग जुटेको छ । पिलासिस’ नामक छाला रोगबाट ग्रसीत दमाइलाई विभिन्न संघसंस्थाको पहलमा अहिले सम्म  झण्डै १६ लाख बढी रकम सहयोग प्राप्त भएको छ । उनको अहिले काठमाडौको कान्तिपुर मेडिकल कलेजमा ‘पिलासिस’को निशुल्क उपचार भैरहेको छ ।

जन्मेको ७ दिन पछि नै दमाईको छालामा एक्कासी परिर्वतन आउन थालेको उनकी आमा नरकुमारी दमाईको भनाइ छ । उनका अनुसार सुरुमा छालामा पोलेको जस्तो फोकाहरु देखिन थालेको र पछि बिस्तारै सामान्य छाला हराएर अस्वभाविक रुपमा कालो र बाक्लो छाला शरीररभरि फैलियो । सुरुमा गाँउमै धामीझाँक्री गरे पनि कुनै परिर्वतन नआएपछि बुर्तिबाङ स्वास्थ्य केन्द्र र भिमगिठे स्वास्थ्य चौकी हु्दै अञ्चल अस्पताल बागलुङसम्म छोराई पु¥याएकी नरकुमारीले छोराको रोगनै पहिचान हुन नसेको बताईन् । रमेशलाई बागलुङबाट पोखरा लैजान सल्लाह दिएपनि आर्थिक अभावको कारण नरकुमारीले छोरालाई घरमै फर्काइन् । बाल्यकालमा लडेर  दाँया आँखाको नजर गुमाएका रमेशका बुबा नन्दबहादुर दमाईले गाँउमै ज्याला मजदुरी र कृषी गरेर ६ जनाको परिवारको गुजारा चलाइरहेका छन् । १ दाजु र २ भाइ रहेका भएका रमेश अहिले भने ११ बर्षका भएका छन् । पिलासीस रोगबाट गालिँदै गएपछि बोल्न,हिडडुल गर्न समेत नसक्ने भएका रमेशका पछिल्लो समय दुबै खुट्टा टेक्न नसक्ने गरी खुम्चिएका छन् । रमेशको लागि यातायात खर्च र औषधि किन्न उनको परिवारको हालसम्म ३० हजार जति खर्च भएको छ ।  उनको दुवै खुट्टा र हात खुम्चिएर नचल्ने अवस्थामा पुगेकोले ६ महिनापछि शल्यक्रिया गर्नुपर्ने अस्पतालले जनाएको रमेशका बुबा नन्दबहादुरको भनाइ रहेको छ ।

यसैबीच केहि समय अघि गाँउमा फोनको टावर बनाउन पुगेका एक व्यतिmले सामाजिक संजालमा दमाइको फोटो राखे पछि भने उनको उपचारको लागि बिभिन्न क्षेत्रबाट  प्रयासहरु सुरु भए । उनको रोगबारे सञ्चार माध्यमहरुले समेत खबर सम्प्रेषण गरेपछि अहिले उनको काठमाडौको कान्तिपुर मेडिकल कलेजमा ‘पिलासिस’को निशुल्क उपचार भैरहेको छ । यसै क्रममा उनजको उपचारमा सहयोग पु¥याउने उद्धेश्यले बागलुङ समाज जापानले ७ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । समाजले जापानमा रहेका नेपालीहरुबाट आर्थिक संकलन अभियान चलाएर संकलन गरेको सहायता रकम बागलुङमा एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको छ ।

 

बिरामी छोरालाई साथमा लिएर आएका बुबा नन्दबहादुर दर्जी र आमा नरकुमारी दर्जीलाई  ७ लाख बराबरको ‘बैंक चेक’ समाजका वरिष्ठ सल्लाहकार दिलु खत्रीले हस्तान्तरण गर्नुभएको थियो । दर्जीको पिलासिसको निशुल्क उपचार भएको भएपनि हात र छालाको समेत अप्रेशन गर्नुपर्ने र त्यसका लागि ठुलो रकम लाग्ने भएकाले उक्त सहायता रकम प्रदान गरिएको समाजका सदस्य सचिव रतन थापाले बताउनुभयो ।

रमेशको उपचारको लागि यसअघि गलकोट समाज, अष्ट्रेलियाले पनि १ लाख रुपैयाँ सहयोग प्रदान गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV