३ चैत्र २०७२, बुधबार

कृषकलाई सुलभ मुल्यमा मल र बीउ उपलब्ध गराउने वातावरण बनाउन कर्मचारीहरुलाई निर्देशन

haribol-gajurel-111

कृषि विकास मन्त्री हरिबोल गजुरेलले कृषकलाई सुलभ मुल्यमा मल र बीउ उपलब्ध गराउने वातावरण बनाउन कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । उहाँले कृषिको उत्पादन बढाउन कृषिको यान्त्रिकिकरण गर्नुपर्ने आवश्यकतामा पनि जोड दिनुभएको छ ।

बुधवार विराटनगरमा आयोजित क्षेत्रीय योजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री गजुरेलले सरकारले कृषिको व्यवसायिकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउने लक्ष्य लिएकाले कर्मचारीहरुले योजना बनाउने मात्र नभई कार्यान्वयन गराउन पनि लाग्नु पर्ने बताउनुभयो । उहाँले अहिले पनि कृषकले परम्परागत बीउबाट खेती गर्नु परिरहेको र मल र बीउ समेत नपाएको गुनासो स्वीकार्नु भयो ।

मन्त्री गजुरेलले कृषिको उत्पादन बढाउन कृषिको यान्त्रिकिकरण गर्नुपर्ने आवश्यकतामा जोड दिदै यसका लागि सरकारले कृषकलाई पेन्सनको योजना ल्याएको बताउँनुभयो । कृषकहरुलाई आवश्यक उपकरण समेत सरकार आफैंले उपलब्ध गराउने तयारी गरिरहेको जानकारी समेत मन्त्री गजुरेलले दिनुभयो ।

क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले आयोजना गरेको आर्थिक वर्ष ०७३÷७४ को वार्षिक कार्यक्रम तथा योजना तर्जुमा गोष्ठीमा पूर्वाञ्चलका १६ जिल्लाका जिल्ला कृषि विकास कार्यालय, कृषि अनुसंधान केन्द्र र कृषि सामग्री संस्थानहरुले आगामी कार्यक्रमका साथै समस्या र चुनौतीहरु बारे जानकारी गराएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV