
प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा पारवहन र व्यापार सम्झौता हुने, ओलीको चीन भ्रमणप्रति छिमेकी मुलुक भारतको पनि चासो
काठमाडौँ, आईतवार प्रधानमन्त्री केपीशर्मा ओली एक साताको चीन भ्रमणमा जाँदै हुनुहुन्छ । ओली प्रधानमन्त्री भएयता भारत पछिको दास्रो भ्रमण चीनमा हुदैछ । ओलीको यो भ्रमणमा मुख्य गरि पारवाहन र स्वतन्त्र ब्यापार सम्झौता हुने भएका छन् । त्यसमा पनि पेट्रोलियम पदार्थमा भारतको एकाधिकार तोड्न चीनसंग इन्धन सम्झौता पनि हुने छ ।
आईतवार प्रधानमन्त्री ओली चीनको बेजिङ पुग्दै हुनुहुन्छ । बेजिङ पुगेको भोलिपल्ट ओलीको चीनिया राष्ट्रपति सि जिङ पिङ र प्रधानमन्त्री लि ख छ्याङसंग भेट हुदैछ । ओलीले आफ्नो भारत भ्रमणमा सपिङ लिष्ट नभएको भनेपनि चीन भ्रमणका क्रममा ओलीका एजेण्डाहरु तय भएका छन् । भुपरिवेष्टित देशले पाउनुपर्ने सुविधाका बिषयमा यसपटक उत्तरी छिमेकि चीनसंग पारवाहन सम्झौता हुने भएको छ । नेपाल सिमासम्म रेल ल्याउने र नेपालसंगका नाकाहरु खोल्ने बिषयमा चीन सहमत भएकाले यो भ्रमणका बेला पारवाहन सन्धि हुने सम्भावना देखिन्छ । नेपाल र चीनबीच व्यापार तथा पारवहन सन्धिको प्रस्तावित मस्यौदा आदान प्रदान भइसकेकाले त्यसलाई प्रधानमन्त्रीको भ्रमणमा टुंग्याउने तयारी रहेको छ । भ्रमणका बेला नाका खोल्ने सम्झौता भएपनि चीनसंग जोडिएको मुख्य नाका तातोपनी भन्सार नखुलेका कारण चीनबाट आवश्यक सामान नेपाल भित्रिन सकेको छैन् । त्यसैले पनि रसुवागडिको केरुङ नाका सुचारु नभएसम्म तातोपानि नाका खोल्न पहल गर्नुपर्ने बताउछन् चीनका लागि पुर्व राजदुत टंक कार्की ।
यसका अलावा इन्धनको मूल्य र कर छुट, नेपाललाई सहज हुने ठाउ“मा ढुवानी र सडक निर्माणमा चिनिया“ सहयोगका विषयमा प्रस्ताव तयारी भइरहेको छ । नेपालमा कुल खपतको ३० प्रतिशत इन्धन चीनबाट ल्याउने सरकारी निर्णयअनुसार चीनस“ग खरिद सम्झौताका लागि तयारी भइरहेको छ । यस्तै सीमानाका तथा पूर्वाधारमा सहयोग, दुईपक्षीय लगानी संरक्षण तथा सुरक्षण सम्झौता, बिप्पाको पनि तयारी छ । नेपाले आफ्नो बिकासका लागि ठुलो छिमेकी चीनसंगको साझेदारीबाट देश बिकास गर्नु पर्ने बताउछन् एमाले संसद एवं परराष्ट्रविद् राजन भट्टराई ।
नाकावन्दी र घेरावन्दीका बिच सरकारका नेतृत्व सम्हाल्न पुग्नुभएका ओलीको चीन भ्रमणलाई नेपाल र नेपालीले मात्र नभई अर्काे छिमेकी भारतले पनि निकै चासो दिएको छ । एक छिमेकी राष्ट्र विरुद्ध अर्काे छिमेको कार्ड प्रयोग रोक्नु छदैछ त्यससंगै नेपाललाई दिर्घकालीन रुपमा फाईदा पुग्ने पारवाहन र ब्यापारीक सम्झौता हुन सक्यो भने भ्रमण अर्थपुर्ण हुनेछ । नत्र जम्वो टोली बोकेर चीनको बिकास हेरेर फर्कनेकाम मात्र नहोस भन्ने अपेक्षा गर्न सकिन्छ ।