३ चैत्र २०७२, बुधबार

नेपालमा उत्पादित वस्तुको भारत र चीनका बजारमा सहज पहुच भएकाले जलस्रोत, ऊर्जा, भौतिक पूर्वाधार, पर्यटन, कृषि, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी गरी फाइदा लिन बेलायतका उद्यमीलाई आग्रह

dipak boharaa

काठमाडौँ, वाणिज्य मन्त्री दीपक बोहोराले नेपालमा लगानी गर्ने उपयुक्त समय आएको बताउनुभएको छ ।

नेपाल भ्रमणमा रहेका बेलायती व्यवसायी सम्मिलित टोलीसँग नेपाल चेम्बर अफ कमर्समा आज आयोजित छलफल कार्यक्रममा मन्त्री बोहोराले नेपालमा नयाँ संविधान जारी भई राष्ट्र स्थायित्वतर्फ बढेकाले लगानी गर्न हिच्किच्याउन नपर्ने बताउनुभयो ।

सरकार स्वदेशी तथा विदेशी पुँजी आकर्षित गर्न लगानीमैत्री वातावरण बनाउन लागिपरेको बताउँंदै उहाँले नेपालमा उत्पादित वस्तुको भारत र चीनका बजारमा सहज पहँुच भएकाले जलस्रोत, ऊर्जा, भौतिक पूर्वाधार, पर्यटन, कृषि, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी गरी फाइदा लिन बेलायतका उद्यमीलाई आग्रह गर्नुभयो ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकका ठूला परियोजनामा ठूला पँुजी र प्रविधिको आवश्यकता रहेको बताउँदै भन्नुभयो – नेपालको निजी क्षेत्र बेलायतको निजी क्षेत्रसँग मिलेर कार्य गर्न उत्सुक छ ।

बेलायती भ्रमण टोलीका सदस्य रिचार्ड पेलीले बेलायतका लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताउनुभयो ।

उहाँले आप्mनो टोली व्यापार तथा लगानीका क्षेत्र पहिचान गर्ने उद्देश्यले नेपाल भ्रमणमा आएको बताउनुभयो ।

ब्रिटेन–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन कँडेलले बेलायत र नेपालबीच व्यापार तथा लगानी क्षेत्रका साझा समस्या र लगानीका अवसर पहिचान गर्न आफ्नो संस्थाले भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV