३ चैत्र २०७२, बुधबार

काठमाडौँ,  नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पहिलो चरणमा सात जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ ।

Sherbhadur-Deuba-6

पार्टीको हालै सम्पन्न १३ औं महाधिवेशनबाट सभापति पदमा निर्वाचित भएका देउवाले बुधबार विधानको व्यवस्था अनुसार मनोनित गर्न पाउने २१ जना सदस्य संख्यामा पहिलो चरणमा  ७ जनालाई मनोनित गर्नुभयो ।

पहिलो चरणमा सभापति पदमा आफूसँग पहिलो र दोस्रो चरणमा पराजित भएका कार्यबहाक उम्मेदवारद्धय रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्रीमा पराजित उम्मेदवारद्धय अर्जुननरसिंह केसी र गगन थापा, कोषाध्यक्षमा पराजित उमाकान्त चौधरी र चित्रलेखा यादव तथा पार्टी नेता नरहरि आचार्यलाई मनोनित सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ ।

LIVE TV