
तनहुँ, मुढाले थिच्दा आज दिउँसो तनहुँमा एक पुरुषको मृत्यु भएको छ ।
काँहुशिवपुर गाविस–८ निवासी ४५ वर्षीय मानबहादुर थापाको मुढाले थिचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सोही क्षेत्रमा पर्ने स्थानीय सामुदायिक वनबाट कच्ची सडकमा मुढा झार्ने क्रममा मुढाले अचानक थिच्दा थापाको घटनास्थलमै मृत्यु भएको हो ।
जानकारी पाएलगत्तै प्रहरी घटनास्थलतर्फ प्रस्थान गरेको छ । रासस