३ चैत्र २०७२, बुधबार

काठमाडौँ,  नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार प्रणालीलाई स्तरोन्नती गर्न धितोपत्र वोर्डले निर्देशन दिएको छ । वोर्डले विश्वमा पुजीबजारको अत्याधुनिक प्रणालीहरु प्रच्लनमा आइसकेको बताउँदै बोर्डले नेप्सेलाइ ‘अटोमोटेड कारोबार प्रणाली’ का लागि निर्देशन दिएको हो ।

dhito

धितोपत्र बोर्डले पछिल्लो दिनमा नेपाल स्टक एक्सचेन्ज र पुजी बजारको स्त्तरनोत्तीको लागि कहिले डिम्याट प्रणाली त कहिले आधुनिक प्रविधिको प्रयोग गर्न निर्देशन दिएको हो । धितोपत्र बजारको कारोबार प्रणालीलाई अन्तराष्ट्रिय प्रणालीसँग मिल्ने र सिस्टम भित्राउनेतर्फ पहल गर्न पनि निर्देशन दिएको छ । विश्व पुँजी बजारको अत्याधुनिक प्रणालीहरु प्रचलनमा आइसकेको स्थितिमा नेपालको धितोपत्र बजारमा समेत त्यसै अनुसार प्रणाली भित्राउन आवश्यक भइसकेको वोर्डको तर्क छ ।

प्रणाली स्तरोन्नतीले धितोपत्र बजारको समय अनुसार सुधार भएर सुरक्षित, भरपर्दो र विश्वशनीय हुने वोर्डको तर्क छ । नयाँ प्रणालीमा जाँदा लगानीकर्ताले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै बजारको विस्तारमा थप सहयोग पुग्ने वोर्डले निर्देशनमा उल्लेख गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV