३ चैत्र २०७२, बुधबार

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले जनता जति शारीरिक र मानसिकरुपले संगठित, सवल र सक्रिय रहन्छन् त्यसैअनुरुप देशले विकास र समृद्धिमा सार्थकता पाउने बताउनुभएको छ । उहाँले इमान, अनुशासन र देशभक्ति सबै नेपालीमा आवश्यक रहेको बताउनुभयो ।

resize_image

राष्ट्रिय सेवा दलको ५०औँ वार्षिकोत्सव तथा सिनियर डिभिजन ११ आँै समूहको दीक्षान्त कवाज समारोहमा प्रधानमन्त्री ओलीले युवाको मनोविज्ञान, क्षमता अभिवृद्धिमा सेवा दलले पु¥याएको योगदानको प्रसङ्सा गर्नुभयो । उहाँले काम, व्यवहार, बचन, सेवा, इमान, अनुशासन र देशभक्तिका दृष्टिले उदाहरणीय पात्रका रुपमा काम गर्न छात्रछात्रालाई निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रिय सेवा दलले अभ्यास मात्र नभएर दक्ष जनशक्ति निर्माणमा आत्मबल बढाउन योगदान पु¥याएको बताउनुभयो ।

 

राष्ट्रिय सेवा दलका प्रमुख सल्लाहकार मानार्थ उपरथी डा रमीन्द्र क्षेत्रीले युवालाई अनुशासित, मर्यादा र संस्कारयुक्त, नेतृत्वदायी, एकताबद्ध, बफादार र देशभक्त तुल्याउने अभियानलाई प्राथमिकता दिएर तालिम सञ्चालन गरिँदै आएको जानकारी दिनुभयो ।

यो वर्ष ३७ जिल्लाबाट दुई हजार छात्रछात्रालाई तालिम प्रदान गरिने लक्ष्य रहेको सेवा दलले जनाएको छ । खास गरी माध्यमिक र उच्च माध्यमिक तहमा अध्ययनरत छात्रछात्रालाई लक्ष्य गरेर तालिम सञ्चालन गरिन्छ । यो वर्ष ३ सय ७७ जना छात्रछात्राले दीक्षान्त हासिल गरेका छन ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV