३ चैत्र २०७२, बुधबार

मधेस समस्या समाधानका लागि कांग्रेसले अगुवाई गर्ने कांग्रेस सभापति देउवाको भनाई, सबैलाई मिलाएर लान देउवालाई महामन्त्री कोइरालाको आग्रह

Sher_Bdr_Deuba

काठमाडौँ, नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले मधेशका समस्या र सिमाङकनका विषयमा अगुवाईको भुमिका लिने बताउनुभएको छ । कांग्रेस काठमाण्डौं जिल्ला कार्यसमितिद्धारा आयोजित बधाई कार्यक्रममा नवनिर्वाचित सभापति देउवाले मधेशका समस्या समाधानमा अगुवाईको भुमिका लिने बताउनुभएको हो ।

कांग्रेस सभापति देउवाले मुलुकमा विद्यमान रहेको चुनौतीको सामाना गर्न पार्टी एक ढिक्का हुनुपर्ने बताउनुभयो । उहाँले नेपाली कांग्रेसको मजबुतीले मुलुकका समस्या समाधानमा सहज हुने दावी पनि गर्नुभयो ।

नवनिर्वाचित महामन्त्री शशांक कोइरालाले महाधिवशेनमा पराजित भएकाहरुलाई पनि मिलाएर लान सभापति देउवालाई आग्रह गर्नुभयो ।

केन्द्रीय सदस्य प्रकाशमान सिंहले भने पदाधिकारीमा पराजित भएका सबैलाई केन्द्रीय सदस्यमा मनोनीत गर्नु उचित नहुने तर्क राख्नुभयो । उँहाले पदाधिकारीमा पराजित अनुहारलाई मनोनीत गर्दा त्यसले पार्टीमा नराम्रो परम्पराको थालनी हुने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

नेता सिंहले पराजितहरू धेरैलाई नियुक्ति गर्दा त्यसले पार्टीभित्र गुटउपगुट धेरै भइ काम गर्न समस्या हुनेतर्फ पनि संकेत गर्नुभएको थियो ।

 

LIVE TV