३ चैत्र २०७२, बुधबार

वीरगन्जको सुक्खा बन्दरगाह भन्सारले चालु आवको फागुन महिनामा रु तीन करोड ९० लाख लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

bandar
आव २०७२÷७३ को फागुन महिनाका लागि भन्सार विभागले रु एक अर्ब ६१ करोड आठ लाख राजस्व सङ्कलन गर्न बन्दरगाह भन्सारलाई लक्ष्य दिएको थियो । सो भन्सारले रु एक अर्ब ६४ करोड ९८ लाख राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख देवीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

गत माघ महिनामा ड्राइपोर्ट भन्सार कार्यालयले रु एक अर्ब ७१ करोड ३८ लाख र गत पुस महिनामा रु एक अर्ब ७० करोड १५ लाख १३ हजार राजस्व सङ्कलन गरेको थियो । भन्सार कार्यालयले चालु आवको आठ महिनामा रु नौ अर्ब ३६ करोड राजस्व सङ्कलन गरेको छ ।

भन्सार विभागले आठ महिनाको अवधिमा रु ११ अर्ब २७ करोड ५७ लाख ६२ हजार सङ्कलन गर्न लक्ष्य दिएको थियो । रासस

 

LIVE TV